यस्तो छ, आज बिहीबारको मौसम पूर्वानुमान

काठमाडौं,पुस २। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार आज त्यस्तो कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ।

 

हाल मौसमको अवस्था पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु-कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।

 

­­

आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राती देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भुभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएकाे छ।