काठमाडौँका यी स्थानमा आज र भोलि बिजुली काटिने

काठमाडौँ,पुस ३।काठमाडौँ उपत्यकामा आज र भोलि (शनिबार) विभिन्न स्थानमा बिजुली काटिने विद्युत प्रािधकरणले जनाएकाे छ ।बिहीबार नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाका अनुसार शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने जनाएको छ ।

 

बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

 

निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।