आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौं,पुस ६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशभरको मौसममा प्रभाव पार्ने पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

 

दशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भाव छ ।देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

 

आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश रगण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।