नेपालमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस ७ । नेपालमा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७००० जनामा गरिएको परीक्षण  गरिएकाेमा ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७२९ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, ललितपुरमा ४२ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् । त्यस्तै मोरङमा ४०, चितवनमा ३७ र कास्कीमा ३१ जना संक्रमित फेला पारेका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा एकजना, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा एकजना, झापामा ५, ताप्लेजुङमा एकजना, तेह्रथुममा २, धनकुटामा एकजना, भोजपुरमा एकजना, मोरङमा ४०, सुनसरीमा २६ र सोलुखुम्बुमा एकजनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को र धनुषामा ४ जना र बारामा एकजनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ३०० जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा ६, लमजुङमा ३, बागुलङमा ३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा एकजना, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ६, रुपन्देहीमा २० र कालिकोटमा एकजनामा कोरोना पाइएको छ।

 

यस्तै कर्णाली प्रदेशको जाजरकोटमा २ जना, जुम्लामा एकजना, डोल्पामा ३, दैलेखमा ३, सल्यानमा २ र सुर्खेतमा १४ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जनामा कोरोना भेटिएको छ।