इजरायलमा सत्तारुढ दलको किचलोले २ वर्षमा चौथो पटक निर्वाचन हुँदै
काठमाडौं। इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको छ । संयुक्त सरकारमा रहेका दुई दलले सरकारको वार्षिक बेजट समयमै लयाउन नसक्दा पुन आम निर्वाचन हुने भएको हो ।
यसअघि भएका दुई वटा निर्वाचनका परिणाम समावेशी नभएपछि राष्ट्रिय एकताको सरकार गठन हुन सकेको थिएन ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोपमा मुद्धा चलेपछि सरकार गठन हुन सकेको थिएन । नेतान्याहू पुन प्रधानमन्त्री हुने आशमा रहेको बीबीसीले उल्लेख गरेको छ ।
सरकारमा सहभागी दलहरुबीच सरकारको वार्षिक बजेट ल्याउन सहमति नजुटेसँगै इजरायलमा सत्ता ढलेको हो । मध्यरातमा सरकार विघटन हुनुअघि भएका प्रयासहरु असफल भएसँगै नयाँ निर्वाचनको प्रक्रिया सुरु भएको बताइएको छ ।
प्रधानमन्त्री नेतान्याहुको दल लिकुड र उहाँक प्रतिद्वन्द्वी सेन्टरिस्ट ब्लू रह्वाइटका बेन्नीगान्टेजले सरकार विघटन हुनुमा एक अर्कालाई दोष दिएको समाचारमा जनाइएको छ ।
आफूले पटक पटक निर्वाचन नचाहेपनि अन्य दलका गतिविधिले समस्या समाधान हुन नसकेको प्रधानमन्त्री नेतान्याहूको भनाइ छ । आगामी मार्च २३ मा अर्को चरणको निर्वाचनको मिति तय गरिएको छ । एजेन्सी,