नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित

काठमाडौं,पुस ८ । नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

 

काठमाडौं उपत्यकामा ३१८ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा २५० तथा ललितपुर र भक्तपुरमा ३४/३४ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै कास्कीमा ७१, रुपन्देहीमा ४५, कञ्चनपुरमा ४२, कैलालीमा ३३, चितवनमा १८ र मोरङमा १५ जना संक्रमित भेटिएका छन् ।

कुन जिल्ला कति थपिए संक्रमित

प्रदेश १ को इलाममा एकजना, झापामा १०, तेह्रथुममा एकजना, मोरङमा १५, सुनसरीमा ६ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा ३, पर्सामा ३, महोत्तरीमा एकजना र रौतटहमा एकजनामा कोरोना संक्रमण भेटिएको छ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र २५० जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा ११, चितवनमा १८ , धादिङमा ६, नुवाकोटमा ११ भक्तपुरमा ३४, मकवानपुरमा १०, रामेछापमा एकजना, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा एकजना, तनहुँमा १०, नवलपरासी पूर्वमा एकजना, पर्वतमा २, मनाङमा ५, म्याग्दीमा ९, लमजुङमा १९, बागुलङमा १४ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९,गुल्मीमा एकजना, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा एकजना, बर्दियामा ५, बाँकेमा १८ र रुपन्देहीमा ४५ जनामा कोरोना पाइएको छ।

 

यस्तै कर्णाली प्रदेशको जुम्लामा एकजना, र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ६, कंचनपुरमा ४२, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा ३, बझाङमा ३ र बाजुरामा एकजनामा कोरोना भेटिएको छ।