धितोपत्र बोर्डद्वारा आईसीटी अपरेसन म्यानुअल लागु,बजार नियमन प्रभावकारी हुने

काठमाडौं,पुस ८। नेपाल धितोपत्र बोर्डले आईसीटी अपरेसन म्यानुअल -२०२० लागु गरेको छ । म्यानुअल कार्यान्वयनमा आएसँगै आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने,सूचना प्रविधिको स्तर अभिवृद्धि गर्न तथा बजार नियमन तथा सुपरिवेक्षण गर्न प्रभावकारी हुने बोर्ड जनाएको छ।

 

बोर्डका अुनसार आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने देखिएको छ । बोर्डको आर्थिक वर्ष ०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागु गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लेखित कार्य सम्बन्धित पक्षबाट कार्यान्वयन योजना बनाई लागु गर्ने व्यवस्था गरिएबमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञसँग समेत समन्वय गरी उक्त म्यानुअल पुस ८ देखि लागु गरेको हो।

 
 
उक्त म्यानुअलमा सूचना प्रविधिसम्बन्धी संगठनात्मक व्यवस्थास तथ्यांक केन्द्र सञ्चालन तथा व्यवस्थापन, सूचना प्रविधि सन्जाल पूर्वाधारको व्यवस्था सूचना प्रविधिसम्बन्धी अनुसन्धान तथा विकास, बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रविधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरन पूर्वको निरीक्षण तथा परीक्षण समावेश गरिएको छ।

 

यस्तै हार्डवेयर, पावर तथा इन्जिनको स्तरीय एवं प्रभावकारी व्यवस्थास सूचना, सञ्‍चार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, सञ्‍चार तथा प्रविधिसम्बन्धी तालिम तथा सचेतना अभिवृद्धिलगायत व्यवस्थाहरु समावेश गरिएको छ।