नेपालमा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,पुस ९ । नेपालमा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा गर्दा  ६१३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हालसम्‍म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएका छन् ।

 

 प्रदेश १ को इलाममा एकजना, ओखलढुंगामा एकजना, झापामा १२, धनकुटामा एकजना, पाँचथरमा एकजना, भोजपुरमा एकजना, मोरङमा १३, सुनसरीमा १४ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को महोत्तरीमा ३ जना, सप्तरीमा २ र सिराहामा एकजनामा कोरोना संक्रमण भेटिएको छ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र १९९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा ३०, चितवनमा २ ,दोलखामा एकजना, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा १८, मकवानपुरमा ६, रामेछापमा २, ललितपुरमा २७, र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४३, गोरखामा एकजना, तनहुँमा ९, लमजुङमा ४, र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कापिलवस्तुमा ३, दाङमा २, नवलपरासीमा ४, पाल्पामा २, बर्दियामा ६, बाँकेमा १५, रुकुम पूर्वमा एकजनान र रुपन्देहीमा ३७ जनामा कोरोना पाइएको छ।

 

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एकजना, दैलेखमा एकजना, सुर्खेतमा ४ जना, र हुम्लामा एकजनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३, कंचनपुरमा ४२, कैलालीमा ५७, डडेल्धुरामा ८, डोटीमा एकजना,दार्चुलामा ५, बझाङमा एकजना, बाजुरामा एकजना र बैतडीमा ५ जनामा कोरोना भेटिएको छ।