यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,पुस १०। जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ तथा तराईरपहाडका केहि भूभागमा हुस्सुरकुहिरो लागेको जनाएको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसम बदली भएको हो ।

 दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।त्यस्तै राती प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

 चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।