केपी ओली यो पञ्चायत होइन,तिमी श्री ५ होइनौं
काठमाडौं,पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कूु विरुद्ध विवेकशील पार्टी आन्दोलनमा उत्रिएको छ । काठमाडौंको माइतीघरमा शशीविक्रम कार्कीको नेतृत्वमा आन्दोलनमा उत्रिएको विवेकशील पार्टीले असंवैधानिक कदमको विरोध गर्दै निर्णय सच्याउन माग गरेको छ ।
६ दिनमा पुगेको आन्दोलन निष्कर्षमा नपुगुन्जेल आन्दोलन जारी रहने विवेकशील पार्टीकी सदस्य समेत कर्मा तामाङले बाह्रखरीलाई बताइन् ।