काँग्रेस केन्द्रीय समिति बैठक बस्दै: संसद विघटनविरुद्ध सडक संघर्ष गर्नेमा जोड
सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन तताउन नमिल्ने बताउँदै आएका छन्। यता देउवाइतर पक्षले भने अदालतलाई दबाव दिन सडक तताउनुपर्ने पक्षमा जोड दिँदै आएको छ।
बैठक दिउँसो एक बजे केन्द्रिय कार्यलय सानेपामा बस्ने केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए। बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धका रणनीति बनाउने तयारी भएको उनले जानकारी दिए।प्रतिनिधिसभा विघटनपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ।
यसैबीच काँग्रेसले पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्यो। यसैगरी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनायो। यसक्रममा देउवा पक्षधरले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु चुनावी तयारी भएको बताएका छन्।
यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलगायतले भने प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने र सडक आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका छन्।