नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस १९ । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।

 

हाल ५४८७ संक्रिय संक्रमित छन् ।उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को झापामा २, पाँचथरमा २, भोजपुरमा १, मोरङमा १३, सोलुखुम्बुमा १ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ।प्रदेश २ को धनुषामा ३ र महोत्तरीमा १ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ९६, धादिङमा ४, नुवाकोटमा ५, भक्तपुरमा ११, मकवानपुरमा २, ललितपुरमा २६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लाे २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासी पूर्वमा १०, पर्वतमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा १, बाँकेमा २, रुकुम पूर्वमा १ र रुपन्देहीमा १३ जनामा कोरोना पाइएको छ।

 

पछिल्लाे २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ९ र कैलालीमा ४ जनामा कोरोना भेटिएको छ।