यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौँ,पुस २२। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यसैगरी, बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

 

यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । भने, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

दिउँसो देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

त्यस्तै राति देशको पहाडी भुभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात अनि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भई हल्का बर्षा र हिमपातका कारण तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।