नेकपा ओली समूहका सबै कमिटी जम्बो

काठमाडौं,पुस २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सबै कमिटी ‘जम्बो’ बनाउने भएको छ ।विधान संशोधन गर्दै ओली समूहले केन्द्रीय कमिटी एक हजार पाँच सय एक सदस्यीय बनाउने तयारी गरेको छ ।

 

पार्टी विभाजनपछि ओली समूहको पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै एक हजार एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो ।

 

त्यसको दुई दिनपछि अर्थात् पुस ९ गतेको बैठकले भने सदस्य थपेर एक हजार पाँच सय एक जना रहेको केन्द्रीय कमिटी बनाउने निर्णय गरेको होनेकपा ओली समूहका सबै कमिटी जम्बो। ‘अबको केन्द्रीय कमिटी एक हजार पाँच सय एक जनाको बन्नेछ ।

 

त्यसमा पनि ५० प्रतिशत थप गर्न सकिने व्यवस्था गरिएको छ । यसले गर्दा करिब २ हजार २ सयसम्मको केन्द्रीय कमिटी बन्नेछ,’ ओली समूहका एक नेताले भने ।

 

ओली समूहले गरेको अन्तरपार्टी निर्देशनमा विधान संशोधन गरिएको र त्यसैअनुसार तल्ला कमिटीहरू पनि बनाउन सकिने भनिएको छ । ‘केन्द्रीय कमिटीको पुस ७ र ९ गते बसेको बैठकले गरेको विधान संशोधनमा यो कुरा राखिएको छ, ओली समूहका ती नेताले भने ।

 

७ गतेको बैठकमा विधान संशोधन गरेको जानकारी गराइएको भए पनि ९ गतेको बैठकमा भने सो विषय जानकारी गराइएन । पूर्वमाओवादीमा करिब ४ हजार केन्द्रीय सदस्य बनाइएको थियो । अहिले नेकपा ओली समूहले त्यसकै अनुशरण गरिरहेको छ ।

 

ओली समूहले तल्लो तहमा दाहाल–नेपाल समूहमा रहेका नेताहरूलाई आकर्षित गर्न पनि केन्द्रीय कमिटी जम्बो बनाउने भएको हो । धेरैजसो नेताकार्यकर्ता दाहाल–नेपाल समूहमा लागेका कारण उनीहरूलाई केन्द्रीय सदस्य दिएर भए पनि आफ्नो समूहमा ल्याउने प्रयासमा ओली लागेको स्रोतको दाबी छ । समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।