आज मिति २०७७ साल पुस २६ गते आइतबार भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष – आज पनि समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमस् शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ।

 

वृष –आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ,साथि भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायी हरु बढ्नेछन भने नया कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै काममको थालनी गर्नु अघि देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

 

मिथुन- आज समय राम्रो रहनेछ । रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ,प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ,नया सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नमस् मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ ।

 

कर्कट – आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ।

 

सिंह-आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँ देखि टाढिन थाल्नेछन,धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ,हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६,शुभ रंग सप्तरंगी हो भने,कुनै काम सुरुवात गर्नु पुर्व कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ ।

 

कन्या-आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुको लागि फलदायी समय रहनेछ,खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनु होला,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

 

तुला – आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमस् शिवाय यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ।

 

वृश्चिक – आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ।

 

धनु – आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।

 

मकर-आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

 

कुम्भ –आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यवसायमा फाइदा हुनेछ।

 

मीन-आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाब घट्दो क्रममा रहनेछ,अत्याबस्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ,आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पूर्ब ॐ मृत्युन्जयाय नमस् योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ ।