आजको मौसम पूर्वानुमान: यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं,माघ ०१। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको महाशखाले जनाएकाे छ ।

हाल मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ तराई भूभागमा हल्का हुसुरकुहिरो लागेको छ ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भुभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै राती प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भूभागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाइ अनुरोध गरिएकाे छ ।