प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं,माघ १। नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।  

 

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार गृहमन्त्रालय बढुवा समितिको सचिवालयले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।

 

बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसा मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल छन् ।