नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,माघ ९ । नेपालमा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ३ हजार ५४५ नमुना परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । याे सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ६३ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् भने १९८६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ६४१ संक्रिय संक्रमित छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित
प्रदेश १ को इलाममा १, झापामा १, भोजपुरमा २ र मोरङमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को पर्सामा १, बारामा ३ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ९० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ४२, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ९, मकवानपुरमा ४, रामेछापमा १, ललितपुरमा १३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४४, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ८, पर्वतमा ५, म्याग्दीमा २, लमजुङमा २ र वागलुङमा ४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १, पाल्पामा २, प्यूठानमा १, बाँकेमा १८ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको डोल्पा र सुर्खेतमा १÷१ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १५ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।