नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १२। नेपालमा थप ३३९ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २४० जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार ८५८ जनाको पिसिआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४८ हजार ११३ पुगेको छ।

 

सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ। हाल १३२ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ४०१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

सोमबार प्रदेश १ को झापामा ३ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को पर्सामा ३, बारामा ३, महोत्तरीमा एक जना, सप्तरीमा २ र सर्लाहीमा एक जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ३४, दोलखामा एक जना, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा एक जना र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा एक, म्याग्दीमा ३, लमजुङमा एक जना, र बाग्लुङमा ५ कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५ र रोल्पामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा २, बाजुरामा एक र बैतडीमा एक जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।