आज न्यून चापीय प्रणालीको प्रभाव: वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ,माघ १६। केही दिनयता उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नेपालमा फेरि न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझबाट भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव पर्न थालेको हो।

 

मौसमविद्का अनुसार मौसममा विभिन्न मौसमी प्रणाली आउनेरजाने भइरहन्छ । अहिले शुक्रबार बिहान देशको केही पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

 

देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाले आज ९शुक्रबार० बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ स्

 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का हिमापातको सम्भावना छ।

 

त्यस्तै राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का हिमापातको सम्भावना छ।

प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का हिमापातको सम्भावना साथै तराईका भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।