जो गणतन्त्रका लागि लड्यो उसैले राजतन्त्र फर्किएको घोषणा गर्छ रे: प्रधानमन्त्री ओली

काठमाडौं,माघ २३ । सत्तारुढदल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

 

नारायणहिटी अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको थिए।

 

उनले भने,जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे।आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले जिकिर गरे।

 

२/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए। यो त कास्टिङ मात्र भएको भन्दै उनले बताएका छन्।