यस्तो छ,आज यी प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं,माघ २८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

त्यस्तै राती बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ ।

 

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

 उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भुभागमा विहानपख हुस्सुरकुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।