नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २८।  नेपालमा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४ हजार ६ सय २६ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ७२ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को सुनसरीमा मात्र १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ धनुषा, पर्सा र बारामा १÷१ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ५५ जनामा कोरोना पुष्टि भएको छ।

 

चितवनमा १८, दोलखामा २, धादिङमा १, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, रामेछापमा २ र ललितपुरमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २२, तनहुँमा १, नवलपरासी पूर्वमा ४, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको बर्दियामा १, बाँकेमा २ र रुपन्देहीमा १ जनामा कोरोना पाइएको छ। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ र कैलालीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।