यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,माघ ३०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भुभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।