नेपालमा थप ५७ जना कोरोना संक्रमण पुष्टि ,थप १३३ जना डिस्चार्ज

काठमाडौं,फागुन १।नेपालमा थप ५७ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा १ हजार ९ सय जनाको पिसिआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १३ हजार ५ सय ४९ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८१ जना क्वारेन्टाइनमा छन्।

 

 पछिल्लो २४ घण्टामा १ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।