क्रान्तिकारी माओवादीको जनयुद्ध दिवस:अब चाँडै फेरि जनक्रान्तिको उद्घोष हुनेछ,जनयुद्धको ज्वाला निभेको छैन

काठमाडौं,फागुन १ । नेकपा (क्रान्तिकारी माओवादी)ले २६ औँ जनयुद्ध दिवसको अवसरमा राजधानीमा मार्च पास गरेको छ । काठमाडौंको शान्ति बाटिकाबाट सुरु भएको मार्च पासको नेत्तृत्व वरिष्ठ नेता सिपी गजुरेलले गरेका थिए ।

-यालीमा पर्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल ,केन्द्रीय सदस्य हस्तबहादुर केसी, हुकुमबहादुर सिंह लगायतका नेताहरुले मार्च पासमा सहभागी भएका थिए।

 

काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको -याली पुरानो बसपार्क, शहीदगेट, सुन्धरा, न्युरोड, इन्द्र चाेक, असन हुँदै‌ पुनः शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियाे। कोणसभालाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सम्वोधन गरेका थिए।

 क्रान्तिकारी माओवादी ३ नंं प्रदेशले २६ औँ जनयुद्ध दिवसको अवसरमा युवा मार्चपासको आयोजना गरिएको थियाे।  महासचिव मोहन व‌ैद्य किरणले २६ वटा मशाल बालेर र २६ वटा तोप पड्काएर भव्य रुपमा जनयुद्ध दिवसकाे  जनसभाको शुभारम्भ गर्नुभएको थियाे छ।

 

जनयुद्ध समारोहलाई पार्टी महासचिव मोहन वैद्य किरण, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टीका स्थायी समिति सदस्य रामसिह श्रीस, सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङ,अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रमको अध्यक्षता पार्टीका पीवीएम पवनमान श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन बागमती प्रदेस सचिव सुरेश श्रेष्ठले गरेका थिए।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नका लागि भनेर महान जनयुद्धको अभियान छेडियो बताउनु भयाे ।

 

यस अवधिमा मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका जनताको विश्वास जित्न सफल भयौं । देशको विशला भूभागहरुमा आधार इलाकाहरुको निर्माण गरियो । यस अवधिमा हामीले सात डिभिजन जति जनमुक्ति सेना बनायौं । 

 

विश्वलाई समगरमाथाको देशबाट क्रान्तिको महान सन्देश दियौं । दशवर्षे जनयुद्ध नेपाली क्रान्तिको लागि मात्रै होइन विश्व क्रान्तिका निम्ति पनि एउटा महान ऐतिहासिक उद्घोष थियो । तर दुःखको कुरा पार्टीभित्र पैदा भएको दक्षिणपन्थी अवसरवाद र संशोधनवादले धोका दियो । तसर्थ, हामीले जनयुद्धको लक्ष्य पूरा गर्न सकेनौं ।

तैपनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता आंशिक उपलब्धि पनि जनयुद्धका उपलब्धि हुन् ।

 

अहिले तिनलाई पनि ध्वस्त पार्ने षड्यन्त्र भइरहेको छ । संसद विघटनसम्म आउँदा संसदीय व्यवस्था सम्पूर्ण रुपले असफल भइसकेको छ । मजदुर, किसान कसैका समस्या समाधान भएका छैनन् ।

 

महिलाहरु हत्या र बलात्कारका शिकार भइरहेका छन् । जनजातिहरुको नाम मात्रको संघीयता छ । मधेसी मुस्लिम लगायत जनसमुदायका हक अधिकारहरु स्थापित हुन सकिरहेका छैनन् । तसर्थ अब संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुको विकल्प छैन ।

 

त्यस निम्ति छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । जनताको जित निश्चित छ। यही कुराको बोध गर्नुमा नै २६ औ जनयुद्ध दिवसको मुख्य अर्थ र महत्व रहेको छ ।

 त्यस्तै क्रान्तिकारी माओवादीका स्थाीय समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालमा फेरि चाँडै जनक्रान्तिको उद्घोष हुने बताउनु भएको छ । जनयुद्ध दिवसको अवसरमा आयोजित युवा मार्चपास सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले जनयुद्ध प्रचण्डहरुले सूर्य चिन्हसँग बिक्री गरी खाएको आरोप लगाउनु भयो ।

 

संसद विघटन गरेर ओलीले जनताका विरुद्ध ठुलो अपराध गरेका चर्चा गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्र र जनताका जनजीविका लागि अब मुलुकमा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको रुपमा जनयुद्ध प्रकट हुने दावी गर्नुभयो ।

 


संसदीय व्यवस्था सडेगलेको जनविरोधी र राष्ट्रविरोधी व्यवस्था भएकोले त्यसको विकल्पमा अब संघीय जनगणतन्त्र र लोकतान्त्रिक सरकारको विकल्पमा जनगणतान्त्रिक सरकार वा वैकल्पिक संयुक्त सरकार स्थापनाको दिशामा अब अगाडि बढ्ने सुवर्ण मौका आएको बताउनु भयो ।

 

क्रान्तिका लागि स्थिति परिपक्व बन्दै गएको विश्लेषण गर्दै अध्यक्ष गजुरेलले अब नेपालमा जनविद्रोह हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तो जनविद्रोह जनयुद्धको जगमा नेपाली विशिष्टतामा आधारित हुने पनि बताउनु भयो ।

 

क्रान्तिकारी माओवादीका पिविएम,पार्टीको ३ नं.प्रदेश संयाेजक तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागरले संसदीय व्यवस्थाका लागि सहिदहरुले जनयुद्धमा रगत बगाएको होइन र यो व्यवस्थाको नष्ट गरेर नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगणतन्त्रका लागि रगत बगाएको हो भन्दै सहिद परिवारहरुलाई जनयुद्धका सहिदहरुको बलिदानको मूल्यबोध गर्न आग्रह गरेका छन्।

२६ औं जनयुद्ध दिवसको अवसरमा पार्टीको ३ नं.प्रदेशको आयोजनामा गरिएको युवा मार्चपासलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

 

नेता शर्माले संसदको पुनस्थापना तथा संसदको निर्वाचनको पक्षमा लागेर सहिदहरुको बलिदानको अपमान नगर्न पनि सहिद तथा वेपत्ता योद्धाहरूका परिवारलाई आग्रह गर्नु भएको छ ।


जनयुद्धमाथि भएको धोका र गद्दारीका कारण रक्षात्मक स्थितिमा धकेलिए पनि जनयुद्ध फरक रुपमा फेरि उठ्ने उहाँले दावी गर्दै नेता शर्माले जनयुद्धको मूल कार्यभारको रुपमा रहेको संघीय जनगणतन्त्र प्राप्तिको दिशामा अगाडि बढ्न सबैमा आग्रह गर्नुभयो ।