गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते

काठमाडौं,फागुन ५ । गुल्मीमा जीप दुर्घटना हँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ मा दुर्घटना भएकाे हो।

 

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ। 

 

दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाँम फालेर बाँचेका थिए।  

 

उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ।