आज फेरि सुन,चाँदीको मूल्य बढ्यो,कतिमा किनबेच हुँदैछ ?

काठमाडौं,फागुन २६ । आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज (बुधबार) पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ ।

 

तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।