महाशिवरात्रीको दिन काठमाडौंका:यी स्थानमा सवारी चल्न नपाउने (सूचनासहित)

काठमाडौं,फागुन २६।पशुपतिनाथ मन्दिरमा भाेली महाशिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गरेर मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने जनाएको छ।

  महाशिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको हाे।

 

 मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउने छन्।

 

‘महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ। तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ।

महाशाखाकाे सूचना-