आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन २८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

 आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

 

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्रहावाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।