एमाले विवाद चरम उत्करसमा अध्यक्ष ओलीले खोसे नेपालसमुहका नेताहरुको जिम्मेवारी,कसको जिम्मेवारी के तोकियो(सूचीसहित)

काठमाडौं,फागुन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।

 

सर्वोच्च अदालतकाे फैसलापछि ब्युँतिएको नेकपा एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन्।

 

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

 

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

 

बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

कसको जिम्मेवारी के तोकियो 

प्रदेश १

इन्चार्ज – सुवासचन्द्र नेम्वाङ

अध्यक्ष- देवराज घिमिरे

सचिव – विनोद ढकाल

प्रदेश २

इन्चार्ज -सत्यनारायण मण्डल

अध्यक्ष – प्रभु साह

सचिव – सुमन प्याकुरेल

बाग्मती

इन्चार्ज- रामबहादुर थापा बादल

अध्यक्ष-आनन्द पोखरेल

सचिव – खेम लोहनी

गण्डकी

इन्चार्ज – पृथ्वीसुब्बा गुरुङ

अध्यक्ष – जगत विश्वकर्मा

सचिव – गोविन्द नेपाली

लुम्बिनी

इन्चार्ज -शंकर पोखरेल

अध्यक्ष – लीला गिरी

सचिव – खेममान खड्का

कर्णाली

इन्चार्ज – यमलाल कँडेल

अध्यक्ष- गुलाबजंग शाह

सचिव – धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्ज – लेखराज भट्ट

अध्यक्ष  – कर्ण थापा

सचिव- राजेन्द्र सिंह रावल

विभागहरु

स्कुल विभाग प्रमुख -केपी शर्मा ओली

 

संगठन विभाग प्रमुख -विष्णु पौडेल

 

विदेश विभाग प्रमुख – राजन भट्टराई

 

सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख – छविलाल विश्वकर्मा

 

संसदीय विभाग प्रमुख – सुवास नेम्वाङ

 

निर्वाचन विभाग प्रमुख- विष्णु रिमाल