आज यी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौं,चैत ३। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशको पहाडी भू भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

देशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।