दश वर्षे जनयुद्धले एमालेलाइ चिट्टा पर्यो,१९ दिने जनआन्दोलनले गणतन्त्र ल्यायो भन्नु लाज लाग्नु पर्ने हो:मोहन वैद्य (किरण)

काठमाडौं,चैत ५। जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा २३ औं सांस्कृतिक प्रतिरोध दिवस इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भव्यरूपमा मनाइएको छ।

 

 महान् जनयुद्धका क्रममा काभ्रे जिल्लाको अनेकोटमा भएको कलाकारहरूको सामूहिक हत्याकाण्डको दिनमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ।

यस बर्ष पनि जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम प्रतिष्ठानमा गरिएकाे थियाे। 

 

उक्त कार्यक्रमकाे प्रमुख अतिथि क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरण,कार्यक्रमकाे अध्यक्षता जनसाँस्कृतिक महासङ्घका उपाध्यक्ष डा.जगदिश भण्डारी ,विशेष अतिथि पार्टीका पाेलिटव्यूराे सदस्य तथा बागमती प्रदेश इन्चाज दिनेश शर्मा सागरले गर्नु भएकाे थियाे भने सञ्चालन केस एवम् प्रतिष्ठान अध्यक्ष तथा जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणि दुःखीले गर्नुभएको थियो। पार्टीका अन्य नेता कार्यकताहरूकाे पनि बाक्लाे उपस्थिति रहेकाे थियाे । 

क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणले साहित्यमा चार वटा भाव हुने बताउनु भएकाे छ ,क्रान्तिका भाव, विरतिने भाव ,याेगान्त भावलगायतका हुने बताउनु भएकाे हाे।

त्यस्तै अझै क्रान्ति पुरा नभएकाे र फेरि क्रान्ति गरेर जनगणतन्त्र तथा वैज्ञानिक समाजवाद सम्म पुग्ने र शहिद,वेपत्ता,घाइते येद्धाहरूकाे रगत खेर जान नदिने बताउनु भयाे ।

त्यस्तै उँहाले शहिदकाे रगतकाे आलमा अवसरवादीहरू सरकारमा गएका गद्दारहरूकाे जति भर्सना गरे पनि नपुग्ने उँहाले बताउनु भयाे।

उँहाले दश वर्षे जनयुद्धले एमालेहरूलाइ सरकारमा जान चिट्टा परेकाे र दश वर्षे जनयुद्धले केही पनि गरेन भन्नु १९ दिने जनआन्दाेलनले लाेकतन्त्र,गणतन्त्र ल्यायाे भन्नु तिनीहरूलाइ लाज लाग्नु पर्ने हाे भन्नु भयाे।उक्त कार्यक्रममा वक्ताहरूले कविता,गजललगायतका रचनाहरू सुनाएका थिए।