यी प्रदेशका केही स्थानका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौं,चैत ७।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल मौसमको अवस्था देशभर आंशिक देखी सामान्य बदली रहेको छ ।

 

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एकरदुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै राती प्रदेश नं १ को पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहि देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।