नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि,थप १०६ जना डिस्चार्ज

काठमाडौं,चैत ८। नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६९ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४८ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ।