स्वास्थ्य मन्त्रालयले कोरोना महामारीलाई मध्यनजर गर्दै सभा,जुलुस नगर्न सबैमा आग्रह(प्रेस विज्ञप्तिसहित)

काठमाडौं,चैत ८। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सभा,जुलुस लगायत भीडभाड नगर्न आग्रह गरेको छ ।

 

आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत लगायत छिमेकी मुलुकमा कोरोना भाइरस बढ्दै गइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।