नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि,थप ९९ जना डिस्चार्ज

काठमाडौं,चैत ९। नेपालमा थप १ सय ५० जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १७ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४० हजार ९ सय ९८ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ। हाल ५१ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ।