आज मिति २०७७ साल चैत ११ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र र अलङ्कार प्राप्ति हुनेछ ।

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे-आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

 

 

वृष  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

 

कन्या  टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-  आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।

 

 

मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- काम गर्ने हौसला मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल