भागरथीको भजाइनल स्वावको डीएनए अभियुक्त भट्टसँग मिल्यो
काठमाडौँ,चैत १२। बैतडीकी किशोरी भागरथी भट्टको हत्या प्रकरणका अभियुक्त दिनेश 3
62.02डीएनए मृतकको भजाइनल स्वाब’ बाट निकालिएको डीएनएसँग मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा डीएनए मिलेको पाइएको हो ।
भागरथीको हत्या अभियुक्त दिनेशलाई अहिले पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको छ । अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीषक मुकेश कुमार सिंहले विधि विज्ञान प्रयोगशालामा अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाब पठाइएको आज मात्रै रिपोर्ट आएको पुष्टी गरे ।उनले भने, ‘दिनेश नै दोषी हुन् भन्ने आधार प्रहरीसंग प्रसस्त थियो । डीएनए पनि मेल खाएपछि मुद्दा झनै बलियो भएको छ।
यसअघि दिनेशले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बयान दिएका थिए । त्यसअघि, भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो ।