अमेरिकी नागरिकले नेपाली बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौं,चैत १७ । नेपाली बालबालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक अमेरिकी नागरिक पोखराबाट पक्राउ परेका छन् ।

 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले क्यालिफोर्नियाका ६६ वर्षीय माइकेल नर्मन टेलरलाई पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको हो ।

 

टेलरले अमेरिकामा रहँदादेखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकासँग नियमित सम्पर्क गर्ने गरेका थिए ।

 

सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका टेलरले सन् २०१९ मा तीन जना बालबालिकालाई दुर्व्यहार गरेको आरोपमा पीडित बालक एवम् अभिभावकबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो।