आज मिति २०७७ साल चैत २१ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

 

 

धनु  ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा दिनको सुरुमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्य दिनपछि रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाईनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । ज्यो.प. नारायणप्रसाद दुलाल