नेपालमा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा मात्र ३४८ जनामा संक्रमण

काठमाडौं,बैशाख ३। नेपालमा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार ८ सय ३६ पिसिआर र ६४ जना एन्टीजेन परीक्षणमा गरी ९ सय जनामा कोरोना पुष्टि भएको जनाएकाे छ।

 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ।  त्यस्तै ५ हजार ८ जना आइसोलेसनमा रहेका छन्।  

 

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ३५ हजार ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ७० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा २ सय ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल ७७ जना क्वारेन्टाइनमा छन्।

 

काठमाडौं उपत्यकामा मात्र ३४८ जनामा संक्रमण पुष्टि भएकाे छ। काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।