नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा मात्र १०५१ जनामा संक्रमण
काठमाडौं,बैशाख ८।नेपालमा थप २ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा १३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा छन्। हाल ८६ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्।
कुल संक्रमितमध्ये १ हजार ५१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।