आज यी प्रदेशमा दिउँसो आँशिक देखि सामान्य बदली रही,मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना

काठमाडौं,बैशाख ९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

 

हाल मौसमको अवस्था देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।

 

 

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

 

 

त्यस्तै आज राती देशभर पहाडी भूभागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।