यी प्रदेशका एकदुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,बैशाख ११। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

 

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बादली रहेको छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।सुदुरपश्चिम र कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भई रहेको छ ।

 

 

 आज बिहान देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

 

 

सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ। पहाडि भूभागको थोरै स्थानहरुमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।