नेपालमा थप २६१८ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,बैशाख ११ । नेपालमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा १, उदयपुरमा १, खोटाङमा २, झापामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ३९, संखुवासभामा ८ र सुनसरीमा १९ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ८, पर्सा ६८, बारामा १८, महोत्तरीमा ४, रौतहटमा २५, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ६४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ७, चितवनमा १२३, धादिङमा २२, नुवाकोटमा ७, भक्तपुरमा ८७, मकवानपुरमा २८, रसुवामा ५, रामेछापमा १, ललितपुरमा १४१ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ९, तनहुँमा ८, नवलपरासी पूर्वमा २६, पर्वतमा ५, म्याग्दीमा २, बागलुङमा ९ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४३, गुल्मीमा ११, दाङमा १७२, नवलपरासीमा १४, पाल्पामा १३, प्युठानमा ३, बर्दियामा ३५, बाँकेमा ३५२, रुकुम पूर्वमा ४, रुपन्देहीमा २६८ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा ३, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा २, सल्यानमा १०, सुर्खेतमा २३ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २८, कैलालीमा ८१, डडेल्धुरामा ६, डोटीमा १३, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

  काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकोको छ ।