कोहलपुरमा एक हप्ता लकडाउन हुने

काठमाडौं,बैशाख ११। कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन जारी छ ।

 

 

कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

निर्णयपछि कोहललपुर नगरपालिकामा आइतबार राती १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन हुनेछ । लकडाउनको अवधिमा कोहलपुर नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने छैन ।

 

 

कोहलपुर क्षेत्रमा कोरोना संक्रमण दैनिक रुपमा बढ्न थालेपछि लडाउन गर्नु परेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताएका छन् ।