प्रधानमन्त्री ओलीसहित एमालेका ५ नेता र कांग्रेसका ६ नेताबीच के छलफल हुँदैछ देउवा निवासमा

काठमाडौं,बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पार्टीका चार नेता लिएर कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

 

संसदमा विश्वासको मत लिन आगामी २७ गतेको मिति आफैले तय गरेका प्रधानमन्त्री ओली पार्टीका आफूपछिका वरिष्ठ नेताहरू प्रधानमन्त्री कार्यालय हेर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल र पूर्वसभामुख सुवास नेम्बाङलाई लिएर बूढानीलकण्ठ पुगेका हुन् ।

 

 

किनभने देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पुर्णबहादुर खड्का र महामन्त्री डा. प्रकाशशरण महतलाईसमेत निवासमा बोलाएकर बैठकमा सहभागि गराएका छन् ।

 

 

सत्ता गठबन्धन र पार्टीमा समेत कमजोर भएका प्रधानमन्त्री ओली प्रतिपक्षी दलका नेतासहित प्रपितपक्षी दलका नेतासँग के सहमति गर्दैछन्।