कोरोना संक्रमणबाट बालबालिकालाई कसरी जोगाउन सकिन्छ,चिकित्सकको यस्तो छ सुझाव

काठमाडौं,बैशाख २२। नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ।

 

त्यसमा नौ वर्षसम्मका २२३ जना र १० देखि १९ वर्षसम्मका ८६५ जना छन्। प्रतिशतका हिसाबले त्यो क्रमशः २.१ र ८.१ प्रतिशत हो।

 

चिकित्सकहरूले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी   वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ।

अस्पतालको अवस्था के छ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने बालबालिकाहरूको सङ्ख्या बढ्ने क्रममा रहेता पनि हालसम्म अस्पतालमै पुर्‍याउनु परेका बालबालिकाहरूको सङ्ख्या भने कम नै रहेको केही अस्पतालले जनाएका छन्।

 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राध्यापक डा. रवि शाक्यका अनुसार त्यहाँ हाल १४ वर्ष मुनिका छ जना बिरामी भर्ना भएका छन्।

 

उनीहरू सबै पछिल्लो दुईदेखि तीन दिनमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य नै रहेको शाक्यले बताए।तर समग्रमा हेर्दा चाहिँ यसअघि भन्दा अहिले भर्ना हुन आउने बिरामी बढी गम्भीर अवस्था भएर आएका छन्, उनले भने।

 

 बालबालिकाको धेरै परीक्षण नभएकोले अहिले देखिए भन्दा बढी सङ्क्रमित भएको हुन सक्ने बताइन्छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेका अनुसार पहिले दुईदेखि तीन प्रतिशतमा सङ्क्रमण पुष्टि हुन्थ्यो भने अहिले त्यो दर बढेको छ।हाल त्यहाँ बालबालिका भर्ना नभएको भए पनि उनीहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको काफ्लेले जानकारी दिए।

 

कान्ति बाल अस्पतालमा यो महिना हालसम्म चार जना बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालका फोकलपर्सन डा. कृष्णप्रसाद बिष्टले जानकारी दिए।

 

कान्ति कोरोना अस्पताल नरहेकाले बाहिरबाट कोरोनाभाइरस सङ्क्रमित भएकाहरूलाई भर्ना नगरिएको तर भर्ना भएका बिरामीहरूमा लक्षण देखिए मात्रै परीक्षण गरी उपचार गरिएको उनले जानकारी दिए।

अभिभावकले ध्यान दिनुपर्ने कुरा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बालरोग विशेषज्ञ डा.कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणबाट बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ।उनका अनुसार बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ।

 

खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सृजनात्मक क्रियाकलापमा लगाउन चाँजोपाँजो मिलाउन अभिभावकले भूमिका खेल्नुपर्ने उनी बताउँछन्।

 

सरकारले बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि ठुला सहरहरूमा विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ।

 

यस्तो अवस्थामा घर भित्रबाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सिधै बालबच्चालाई समात्न नहुने पौडेल बताउँछन्।भाइरस जेमा पनि हुन सक्ने हुँदा जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राखौँ। सकिन्छ भने नुहाएर मात्रै बालबालिका समाउने गरौँ,उनले भने।

 

 
बालबालिकाहरूलाई कोरोनाभाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ।यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन् भनेर सकारात्मक सोच आउने खाले सन्देश पनि दिनुपर्छ, उनले थपे।

 

बालबालिकाहरू घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने उनको भनाइ छ।

बालबालिकामा लक्षण कसरी थाहा पाउने

सामान्यतया बच्चाको अवस्था नराम्रो रहेको अभिभावकहरूलाई थाहा हुने पौडेल बताउँछन्।बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन,पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उनी बताउँछन्।

 

बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने उनको भनाइ छ।उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने उनी बताउँछन्।कतिपय बालबालिका सङ्क्रमित भए पनि लक्षण भने नदेखिने पनि हुन सक्ने नेपाल पेडियाट्रीक सोसाइटीको भनाइ छ।

 

विश्वका बालबालिकामा बिरामीको समय भन्दा पनि रोग लागेको ४ / ६ हप्ता पछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एमआइएससी) भई बच्चाहरू सिकिस्त हुन सक्छन्।

 

यसको उपचार निकै महँगो छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आईसीयूको आवश्यकता सँगै कतिपय अवस्था जटिल समेत हुन्छ, सोसाइटीले सार्वजनिक गरेको अपिलमा उल्लेख गरिएको छ।

 

उक्त अवस्थाको लक्षण ज्वरो, कडा झाडा पखाला, बढी पेट दुख्ने, श्वास फेर्न गाह्रो र शरीरमा डाबरको साथै मुटुका समस्याहरू पनि हुन सक्ने बताइएको छ।

 

डा. शाक्यका अनुसार बालबालिका र बढी उमेर भएकाहरूमा देखिने लक्षण लगभग उस्तै नै हुन्छन्। प्रायमा श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको उनको अनुभव छ।बीबीसीबाट,