नेपाल फकाउने ओलीको प्रयास असफल,एमाले विभाजन हुने निश्चित

काठमाडौं,बैशाख २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिदै छन् ।

 

यसैगरी, आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हु“दै छ । यी दुई विषय केन्द्रित छलफल जारी छ । ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने अडानमा छन् ।

 

तर, नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

 

शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।

– देउवा नेतृत्वमा नयाँ सरकार

– एमाले विभाजन हुने निश्चित

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।

पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको बुझिएको छ । शीर्षनेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ ।

 

राष्ट्रपति शितल निवासमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बोलाएर भण्डारीले छलफल गरिसकेकी छन् । तर, राष्ट्रपति साक्षी राखेर छलफल भए पनि ‘कुनै किसिमको सहमति जुट्न’ सकेको छैन ।

 

नेता नेपालले छलफल जारी रहे पनि कुनै किसिमको सहमति नजुटेको जनाएका छन् । पार्टी विधि, प्रक्रिया, विधानअनुसार चल्नुपर्ने अडान राख्दै आएका उनले पार्टी एकताका लागि वार्ता र चलकता दुवै अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकि यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउ“छौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।

 

सहमति जुटाउन एक सातादेखि छलफल तीव्र छ । नेताहरूले दिनरात छलफल भइरहेको भए पनि ‘कसरी मिलाएर अगाडि बढ्ने रु’ विषयमा ठोस सहमति जुटाउन सकिरहेका छैनन् ।

 

यसैबीच, नेताबीच छलफल भइरहेकै बेला शुक्रबार सा“झ उपप्रधानमन्त्रीसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । शितलमा अहिलेसम्म भएका छलफलबारे जानकारी गाराउँदै पार्टी एकताका लागि पहल गर्न आग्रह गरिएको छ ।

 

स्रोतका अनुसार नेपाल समूहका २० सांसदले मात्रै राजीनामा गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल समूहकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बूढानीलकण्ठमा बनेको छ ।

 

ओली आफ्नो अडानबाट पछि नहटे नेपाल समूहले नयाँ दल दर्ता गराउनेछ । सोहीमार्फत नेपाल समूह उपनिर्वाचनमा महागठबन्ध बनाएर होमिनेछ । राष्ट्रिय सभा उपनिर्वाचनजस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी छ ।

 

नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली समूहले अहिले ‘कसलाई उम्मेदवार बनाउने रु’ भन्नेबारे कुनै निर्णय गर्न सकेको छैन ।

 

यता, देवकोटालाई विजयी बनाउन तथा प्रधानमन्त्री ओलीविरुद्ध मत हाल्ने विषयमा देउवा, नेपाल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच निरन्तर छलफल जारी छ ।

 

आफूविरुद्ध एमाले नेपाल समूह, देउवा, प्रचण्ड, जसपाको उपेन्द्र यादवसहितको संयुक्त गठबन्धन बनेपछि प्रधानमन्त्री ओली आत्तिएका छन् । नेपालसहित सो समूह नेतालाई गरिएको कारबाही तत्काल फुकुवा गरेर पूरा गर्नैपर्ने माग सम्बोधन गर्दै पार्टी एकता जोगाउन ओलीलाई सोही समूहका नेताले दबाबसमेत दिइरहेका छन् ।

 

एमाले नेता ज्ञवाली, नेम्वाङसहितका नेताले ओलीलाई पार्टी एकता जोगाउन भन्दै आन्तरिक दबाब दि“दै आएका छन् । नेपाल समूहसग मिलेर अघि बढ्दा तथा जसपाको ठाकुर, महतोस“ग गठबन्धन गरेर पछि सरकार पनि जोगिने र पार्टी एकतासमेत जोगाउन सकिने मूल्यांकन यी नेताको छ ।राजधानी दैनिकमा खबर छ।